nerude@wlink.com.np | ☎ 021-463032,462101                                                                                                                                    Notices 

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ जना सहायक स्तरका उम्मेदवारलाई ४ दिने अभिमुखीकरण तथा फिल्ड अवधारणा तालिम बुधवार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक श्री भाग नारायण साहु, विभागीय प्रमुखहरु श्री ऋषि प्रसाद न्यौपाने, श्री रोशन कुमार राउत  , कृष्ण बहादुर खड्का र बरिष्ठ अधिकृत श्री अजय ढकालले छुट्टा–छट्टै विषयमा प्रशिक्षण दिनु भएको थियो ।

संस्थाका प्रबन्ध सञ्चालक श्री सुधीर कुमार श्रेष्ठले स्वच्छ लघुवित्त सेवा आजको आवश्यकता भएकोले लगानीका लागी मात्र लगानी नगरेर उत्पादनशील क्षेत्रमा लगानी गरी ग्राहकहरुको उद्यमशीलता विकाससँग सम्बन्धित कार्यलाई बढवा दिन सहभागीलाई आग्रह गर्नुभयो । नेरुडेले ग्राहक सदस्यहरूलाई लघुकर्जा साथै व्यापार, व्यवसाय प्रवर्द्धन गर्न विभिन्न उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा.भेष प्रसाद धमलाले सहभागीहरूलाई सफलताको शुभकामना सहित सुवेच्छा मन्तव्य व्यक्त गर्नु भएको थियो ।